नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ३.९ प्रतिशतले हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

कोरोनाविरुद्धको खोपका कारण आर्थिक गतिविधि चलायनमान हुँदा अर्थतन्त्र सुधारउन्मुख रहेको विश्व बैंकले जनाएको छ ।

खोप अभियान बढेका कारण नेपालको पर्यटन क्षेत्रमा सुधार हुने, वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्नेलगायतका कारणले अर्थतन्त्रको वृद्धिमा सुधार हुने पक्षेपण विश्व बैंकको छ ।

त्यस्तै गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर १.८ प्रतिशत रहेको विश्व बैंकको अनुमान छ ।

चालु आर्थिक वर्षमा भने नेपालसँगै दक्षिण एसियाली देशहरुमा अर्थतन्त्रको पुनरुत्थान सुरु भएको बैंकले जनाएको छ । दक्षिण एसियाका कतिपय देशको अर्थतन्त्र कोरोना महामारी सुरु हुनुभन्दा अघिकै अवस्थामा पुगिसकेको समेत विश्व बैंकले जनाएको छ ।

दक्षिण एसियाली क्षेत्रमा ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हुने बैंकले प्रक्षेपण गरेको छ ।

कोरोनापछि आर्थिक क्षेत्रको सुधारका लागि नयाँ प्रयास भइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *