एनसेलको चाडपर्व योजना : हरेक हप्ता २२ स्मार्टफोन जित्न सकिने

काठमाडौँ। एनसेल आजियाटाले दशैँतिहार र छठलाई लक्षित गर्दै विदेशबाट आउने कलमा आकर्षक उपहार दिने योजना ल्याएको छ।

एनसेलका अनुसार ग्राहकले मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउने छन् ।

बिहीबारदेखि कात्तिक २४ गतेसम्म यो योजना कार्यान्वयनमा रहने एनसेलले जनाएको छ। योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १र१ वटा गरी हरेक हप्ता २१ वटा स्मार्टफोन पाउने कम्पनीले जनाएको छ।

यो बाहेक, विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता एउटा स्मार्टफोन पाउने कम्पनीले जनाएको छ । यो आधारमा एनसेलले हरेक साता २२ वटा स्मार्टफोन उपहार पाउने छन् ।

कम्पनीका अनुसार योजनाको अवधिभर ११० जनाले स्मार्टफोन पाउने छन्। यो पुरस्कार जित्न कम्तीमा दुई मिनेट आगमन कल भने गरेको हुनुपर्ने छ । कम्पनीका अनुसार ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न विदेशमा रहेका आफन्तले ब्यालेन्स रिचार्ज गरिदिनुपर्छ।

प्रत्येक साता उठाएको आगमन कलको कुल सङ्ख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने छ।

मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवाप्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिन पाउने छन्।

हरेक ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल सङ्ख्या र रकमका आधारमा एक जनाले स्मार्टफोन पाउने कम्पनीले जनाएकाे छ । कम्पनीले चाडपर्वको शुभकामना आदानप्रदान र मनोरञ्जनका लागि शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुने जनाएको छ।

कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आफ्नो गीतहरु गाउनेछन् भने कमेडियन सुमन कार्कीको हास्यब्यङ्ग्य प्रस्तुत गर्नेछन्।

स्मार्टफोन पाउनेले एनसेलको कर्पोरेट कार्यलय लैनचौर र काठमाडौं बाहिर एनसेल सेन्टरबाट स्मार्टफोन हस्तान्तरण गरिने बताइएको छ।

एनसेल ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार१७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

विदेशबाट आएको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट बोनस पाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो बोनस तीन दिनका लागि मान्य हुनेछ।

यो बोनस पनि एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन पाइने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *