डिशहोमको रिचार्जमा छुट

काठमाडौँ । चाडबाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकले बोनस पाउने भएका छन् ।

यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा २२ सय रुपैयाँसम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिने डिशहोमले जनाएको छ । यो योजना सँगै ग्राहकहरूले अव मासिक रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने छन् ।

यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकहरूले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्न सक्ने डिशहोमले जनाएको छ ।

स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिनेछ । लक्की ड्रको प्रत्यक्ष प्रसारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरूमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *