अदालतको आदेश लत्याएर परीक्षा सञ्चालन गर्दै त्रिवि सेवा आयोग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पहिले नै लिइएको परीक्षाको नतिजा प्रकाशन नगरी नयाँ विज्ञापनमा परीक्षा लिने भएको छ । बिहीबार सार्वजनिक सूचना निकालेर आयोगले ११ पदका लागि लिखित परीक्षाको मिति र परीक्षा केन्द्र तोकेको हो ।

आयोग कार्यालयले सूचनामा २०७७ पौष १५ गते प्रकाशित प्राविधिक तथा प्रशासनिक पदमा लिखित परीक्षा विविध कारणवश स्थगित गरिएकोमा उक्त परीक्षा फेरि सञ्चालन गरिने उल्लेख गरेको छ । उच्च अदालत पाटनले पुरानो परीक्षाको परीक्षाफल प्रकाशित गरेर मात्र नयाँ परीक्षा लिन भने पनि आयोगले नतिजा प्रकाशित नगरि पुरानो परीक्षाको मिति र केन्द्र तोकेको हो ।

पुरानो परीक्षाको नतिजा प्रकाशन नगरेर नयाँ विज्ञापनमा परीक्षा लिन खोजेको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएकोमा गत माघ २४ गते उच्च अदालत पाटनले अर्को आदेश नभएसम्म परीक्षा रोक्न अन्तरिम आदेश दिएको थियो ।  गत भदौ ९ गते उच्च अदालतले नै पहिलेको परीक्षाको नतिजा प्रकाशन गरेर मात्र अर्को परीक्षा सञ्चालन गर्न आदेश दिएको थियो । तर आयोगले अदालतको आदेश लत्याउँदै अघिल्लो परीक्षाको नतिजा ननिकालेरै नयाँ विज्ञापनको परीक्षा मिति तोकेको र यो मान्य नभएको रिट निवेदक रत्न महर्जनले बताए ।

यसअघिको परीक्षाको नतिजा समेत कुरिरहेका महर्जनले नतिजा प्रकाशन नगरी त्रिविले अर्को परीक्षा लिन खोज्नु अदालतको अवहेलना भएको बताए । त्रिवि सेवा आयोगमा अधिकृत समेत रहेका महर्जनले यस विषयमा आयोगको नियत ठिक नदेखिएको उनको भनाइ छ ।

उनले तत्काल पुरानो परीक्षाको रिजल्ट निकाले पनि यो निर्णय अदालतको आदेश विपरीत हुने भन्दै थपे- ‘त्रिविले जे गरिरहेको छ त्यो राम्रो गरिरहेको छैन, नियत राम्रो देखिएन, दशैँ अवधिमा अदालत बन्द होला तर  खुल्ने बित्तिकै हामी फेरि अदालत जानुपर्ने हुन्छ ।’

तर त्रिवि सेवा आयोगका प्रमुख केदार दाहालले भने यो अदालतको अवहेलना नहुने दाबी गरे । उनले मकालुखबरसँग भने, ‘अदालतले नयाँ परीक्षा लिन नहुने कुरा भनेको छैन । अदालतले त दुवै प्रक्रिया सँगसँगै अघि बढाउन भनेको हो, हामीले त्यही गरेका हौँ ।’

उनले नयाँ परीक्षा लिने कुराले अदालतको अवहेलना नहुने दाबी गरे । यद्यपि प्राविधिक समस्याका कारण पुरानो विज्ञापनको रिजल्ट भएको उल्लेख गर्दै केही दिनभित्रै नतिजा प्रकाशन गर्ने जानकारी दिए ।
यस्तो छ अदालतको आदेश 

त्रिवि सेवा आयोगले निकालेको नयाँ  सूचना-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *