मुख्यमन्त्री राउतले पाए विश्वासको मत, दुईतिहाइको समर्थन

काठमाडौँ । प्रदेश नं. २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेश सभाबाट विश्वासको लिएका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।

उनलाई नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहेक अन्य दलले समर्थन गरे । यसपछि उनको सरकार सुरक्षित भएको छ । प्रदेशसभामा भएको मतदानमा राउतले ७७ मत प्राप्त गर्दा विपक्षमा भने २३ मत परेको छ । एक सय चार सदस्यीय प्रदेश सभामा चार जना सांसद भने अनुपस्थित भएका छन् ।

प्रदेश नम्बर २ को प्रदेशसभा जम्मा १ सय ८ सदस्यीय रहेकामा चार जना माओवादी सांसदले एमाले रोजेर कारबाहीमा परेपछि हाल एक सय चार सांसदमात्र छन् ।

तीमध्ये चारजना अनुपस्थित हुँदा राउतको पक्षमा दुई तिहाई बहुमत आएको हो । उनको पक्षमा जसपा, कांग्रेस, माओवादी केन्द्र, नेकपा एस उभिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *