जितपुर र नवलपरासीमा आईएमई मोटर्सको शाखा

काठमाडौँ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिले २ वटा शाखा उद्घाटन गरेको छ । जितपुर बारास्थित थ्री एस सेटअप र सर्दी नवलपरासी-पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

यी शाखाहरूबाट अशोक लेल्यान्ड गाडीहरूका लागि सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध हुने कम्पनीले जनाएको छ ।

दुईवटै शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेल्यान्डका सार्क हेड सुजन रोयका साथै जिल्लाका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको हो ।

उद्घाटनका क्रममा ग्रुपका अध्यक्ष ढकालले ‘अशोक लेल्यान्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्रान्ड भएकाले यसमा लगानी गरेको जानकारी दिए ।

यस क्षेत्रका ग्राहकहरूले ढुक्क भएर अशोक लेल्यान्ड गाडीहरूमा लगानी गर्न अनुरोध गर्दै बिक्रीपछिको सेवाका लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *