बाग्लुङ र बेनीमा युवासँग-महालक्ष्मी लाईफको कार्यक्रम

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको युवासँग-महालक्ष्मी लाईफ बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको कम्पनीले बताएको छ ।

यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङ बजारमा पनि बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न भएको छ ।

बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागी भएको कम्पनीले जनाएको छ । प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राखेकी थिइन् ।

सावित्रा खत्रीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएको कम्पनीले उल्लेख गरेको छ ।

त्यसैगरी, हिजो आश्विन १९ गते धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि युवा सँग – महालक्ष्मी लाईफू बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । २५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गरेका थिए ।

कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले सञ्चालन गरेका कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *