नेप्से ६८ अङ्कले बढ्यो, कारोबार रकम साढे ४ अर्ब

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार (नेप्से) परिसूचक ६८.४७ अङ्कले बढेको छ । बुधबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक २.६२ प्रतिशतले बढेर २६८१.१० बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक १२.७२ अङ्कले बढेर ५०४.७३ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूह मध्ये सबै समूहका उपसूचक बढेका छन् ।

यस दिन २ सय २७ कम्पनीका ८१ लाख ८९ हजार ८ सय ९०  कित्ता सेयर ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १ सय ४२ रुपैयाँमा खरिद/बिक्री भएको छ ।

यस दिन सबैको लघुवित्त वित्तीय सँस्था, प्रोग्रेसिव फाइनास लिमिटेड लगायतका ९ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *