तरलता सन्तुलन कायम राख्न २० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम राख्न बुधबार २० अर्ब रुपैयाँ रिपोमार्फत् बजारमा पठाउन लागेको छ ।

अनलाइन बोलक कबोल प्रणालीबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई रिपोमार्फत उक्त रकम वितरण गर्न लागेको हो । बुधबार ३ः१५ बजेभित्र बोलकबोलमा सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

१५ दिन अवधिका लागि जारी गर्न लागिएको उक्त रिपोमार्फत बैंकहरुलाई वितरण गरिने रकम कात्तीक ३ गते परिपक्व हुने छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *