ओपोद्वारा रायोट गेम्ससँग वर्ल्ड च्याम्पियनसीपमा पार्टनरसीप

काठमाडौं । विश्वस्तरीय प्राविधिक ब्रान्ड ओपोले लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनसीप २०२१ (एस-११)को प्रायोजनका लागि रायोट गेम्ससँग पार्टनरसीपको घोषणा गरेको छ ।

यो पार्टनरसीप ओपोले सन् २०१९ देखि रायोट गेम्ससँग हस्ताक्षर गरेको बहुवर्षीय सम्झौताकै अंश हो । पार्टनरसीपले ओपोलाई विश्वभरका ईस्पोर्ट्स खेलाडीहरूमाझ आफ्नो ब्रान्डप्रतिको जागरुकता बढाउन सघाउने कम्पनीको विश्वास छ ।

यस वर्ष ओपोले फाइनल्समा अद्वितीय प्रदर्शनी मार्फत् ब्याटग्राउन्डमा कब्जा जमाउन सफल खेलिडीहरूलाई मोस्ट भ्यालुएवल प्लेयर्स अवार्डबाट सम्मानित गर्ने ओपोले जनाएको छ ।

साथै, ओपोले आफ्ना दर्शक तथा श्रोतामाझ गेमिङ हाईलाइट्स तथा व्यवसायिक खेलाडी तथा टिमहरूका अन्तरवार्ता पनि प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

उपभोक्ता केन्द्रित ब्रान्डका रुपमा मोबाइल गेमर्सका आवश्यकता ओपोले स्पष्टरुपमा बुझेको कम्पनीले बताएको छ । यसले गर्दा कम्पनीले कलरओएस मातहतको गेमिङ मोडमार्फत रोकावटरहित गेमिङ अनुभव प्रदान गर्ने ओपोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *