सबैको लघुवित्तले ३१ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई दिने लाभांशको घोषणा गरेको छ ।

१९ असोजमा बसेको सञ्चालक समिति बैठकले गत वर्षको आम्दानीबाट आफ्ना सेयरधनीलाई ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि १.६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

कम्पनीले बोनस सेयर तथा नगद लाभांश वितरण गरेपछि कम्पनीको पुँजी २७ करोड रुपैयाँ पुग्ने जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *