ग्लोबल आईएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । ग्लोबल आईएमई लघुवित्तले आफ्ना सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले उक्त लाभांश वितरण गर्ने भएको हो । १९ असोजमा बसेको लघुवित्त सञ्चालक समितिले लाभांश घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकले उक्त लाभांश वितरणको प्रस्तावमा स्वीकृति दिएपछि आगामी साधारणसभाबाट पारित गरी लघुवित्तले लाभांश वितरण गर्ने जनाएको छ ।

बोनस सेयर वितरणपछि लघुवित्तको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार ३ सय २६ रुपैयाँ पुग्ने छ । हाल उक्त लघुवित्तको चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *