सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । स्रांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सेयरधनीलाई १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट सेयर धनीलाई लाभांश वितरण गर्ने बैंकले घोषणा गरेको हो ।

असोज १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बोनस सेयरको कर प्रयोजनाका लागि ०.५२ प्रतिशतका दरले नगद लाभांश दिने पनि बैंकले जनाएको छ ।

उक्त लाभांश वितरणको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि आगामी साधारणसभाले पारित गर्ने र वितरण गरिने बैंकले जनाएको छ ।

बोनस सेयर वितरण पछि बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६ सय ६२ रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४ सय २० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *