भृकुटीमण्डपमा बजाज एक्सचेन्ज महामेला

काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महा-मेला’को अफर ल्याएको छ ।

यो अफर असोज १७ गतेदेखि सञ्चालन भइरहेको छ‚ र असोज २३ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा लागू हुनेछ ।

यस अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्नेछन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने कम्पनीले जनाएको छ ।

यसमा १८ भन्दा बढी भ्यालुएटरहरू रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १० हजार रुपैयाँ थप गरी दिइने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ ।

एक भाग्यशाली विजेताले सामसङ एम सीरीज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउने कम्पनीले जनाएको छ । साथै, बजाजले ‘बजाज खुसी को ३ डोज’ नामक आफ्नो दशैँ अभियान सफलतापूर्वक चलाइरहेको छ ।

ग्राहकहरूले यो अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने बखतमा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्नेछन् ।

त्यस बाहेक, उपभोक्ताहरूले मोटरसाइकलको खरिदको दौरानमा १ लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्ने र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *