मुक्तिनाथ बैंकका ग्राहकलाई महेन्द्र नारायणमा छुट

काठमाडौँ । मुक्तिनाथ बैंकका ग्राहकलाई महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन महेन्द्र  नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक –इन हाउस, फार्मेसी, प्रक्रियामामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम प्रयोग प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्क मा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *