१ हजार १ सय ११ निशान म्यागनाईट गाडी नेपालमा

काठमाडौँ । नेपाली बजारमा भित्रिएको केहि महिनाभित्र १ हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ ।

नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ ।यसका साथै अहिले पनि १ हजार ७ सय युनिटभन्दा धेरै बुकिङ भइसकेको छ ।

यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको समेत पायोनियर मोटोकर्पले दाबी गरेको छ ।

निसान म्याग्नाइट नेपाली बजारमा गतवर्षको फेब्रुअरी २२ मा औपचारिक रुपमा लन्च गरिएको थियो । त्यसपश्चात् ७४ दिनकै अवधिमा गत साउन महिनासम्म ५७८ युनिट निसान म्याग्नाइट बिक्री भएको जानकारी दिएको छ ।

यो पायोनियर मोटोकर्पका लागि एक कोशेढुंगा सावित भएको छ । छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *