सरकारसँगै छैन सरकारी गाडीको विवरण, लिस्ट मगाएको अर्थमन्त्रीको भनाइ

काठमाडौँ । अर्थमन्त्रीले जनार्दन शर्माले सरकारी गाडीहरूको एकमुष्ट विवरण सरकारसँगै नभएको बताएका छन् ।

संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री शर्माले सरकारी सम्पत्ति कति छ भन्ने यकीन विवरण नै अर्थमन्त्रालयसँग नभएको भन्दै सरकारी गाडीको सूची माग गरेको बताएका हुन् ।

‘सरकारी गाडी के कति छन् भन्ने नै थाहा छैन । अर्थमन्त्रालयमा नयाँ गाडी किन्ने माग आइरहन्छन्’, उनले भने‚ ‘त्यसैले मैले पहिला गाडीको सूची मागेको छु ।’

नेपाल सरकारका गाडी कति छन् भन्ने विवरण पहिले अद्यावधिक गर्ने तयारी रहेको उनले बताए ।

‘कति छन् नेपाल सरकारका गाडी चाहियो नि त । कतिवटा छन् अहिले ? कतिवटा चाहियो ? रेकर्ड चाहियो नि त । रेकर्ड भेटिँदैन । गाडी किन्दै जाने‚ तर कहाँ चलाइरहेको छ थाहा नहुने । गाडी रहेछन् भने झिकेर दिउँला‚ किन किन्नपर्योि ? आवश्यक परे किनौँला ।’ अर्थमन्त्री शर्माले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =