‘आईएमई पे’ मिस युनिभर्स नेपाल २०२१ प्रतियोगिताको डिजिटल भुक्तानी साझेदार घोषणा

काठमाडौँ । आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ ।

जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रीकरणलाई सक्षम पार्दै आइएमई पे एमयूएनयू-२१ डिजिटल भुक्तानी साझेदार बनेको हो ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस यूनिभर्स नेपाल एमयूएनले २०२१ का लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ ।

यस वर्षको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टर फाइनल हुने तयारी रहेकाले शीर्ष ५० प्रतियोगीहरू ताजका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

आईएमई पे मिस यूनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहनेछ । जसअन्तर्गत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुने कम्पनीले जनाएको छ ।

सो एप एन्ड्रोइडका लागि गूगल प्ले स्टोर र आईओएस उपकरणहरूका लागि एप स्टोरमा उपलब्ध गराइएको छ । डिजिटल भुक्तानी पोर्टल आइएमई पे अब फ्यानहरूले आफ्नो मनपर्ने प्रतियोगीलाई अगाडि बढाउन मद्दत गर्ने साधन बनेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =