नेपालगन्ज उड्न लागेकाे श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा
२०७८ असोज १९ गते

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसे मैदानमा फसेकाे छ ।
चार जना चालक दलका सदस्यसहित ८० यात्रु बोकेर नेपालगन्जका लागि उड्ने तयारी गरिरहेको उक्त जहाज गुड्दागुड्दै चिप्लिएको हो ।
जहाजमा कुनै क्षति नभएको र जहाजको एउटा पाङ्ग्रा मात्रै ट्याक्सी वेबाट बाहिरिएर घाँसे मैदामा पुगेर फसेको हो ।
विमानस्थलका अनुसार एनएएनएफ कल साइन भएको क्यू ४००-८ विमान बिहान ९ बजेर ३३ मिनेटमा ट्याक्सी वेबाट धावन मार्गमा जान गुडेको थियो । गुड्दा गुड्दै जहाजको एउटा पाङ्ग्रा घाँसे मैदानमा फसेको हो ।
२०७८ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित









