अस्पतालमा कार्यरत महिला कर्मचारी मृत फेला

जनकपुरधाम । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत एक महिला कर्मचारी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् । कम्प्युटर अपरेटर पदमा कार्यरत सप्तरीको राजविराज नगरपालिका-२ की २६ वर्षीया रुवीकुमारी साफी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

सोही अस्पतालको फार्मेसीमा कार्यरत रुवीका पति राजन साफीको एक वर्ष अघि कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । फार्मेसीमा कार्यरत पतिको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिरसमेत दिएको थियो ।

स्थानीयका अनुसार सासू र देवरले रुवीको तलब हात पार्न निकै प्रयास गरेपछि उनी घरेलु हिंसामा परेकी थिइन् । रुवी र राजनका दुई सन्तान छन् । घर झगडा सहन नसकेपछि आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *