सडक खुल्यो, भाडा दोब्बर (तस्बिरहरू)

काठमाडौँ । बेँशीसहर-चामे सडकखण्ड आंशिक खुलेको छ । योसँगै बाढीले सडक बगाएपछि दर्जनौँ ठाउँमा गाडी फेर्नुपर्ने बाध्यता अब हटेको छ ।

सडक मर्मत गरेपछि बेँशीसहरदेखि बगरछापसम्म सीधै गाडी पुग्छ । बगरछापमा ठूलो पहिरो झरेकोले तत्काल बन्ने अवस्था छैन ।

२०० मिटर हिँडेपछि पुनः गाडी चढेर चामे पुग्न सकिन्छ । आइतबारदेखि भ्राताङ-खाङसार सडक पनि खुलेको हो ।

तर, यो सडकमा व्यवसायीले विपद्को मौका छोपेर मनपरी भाडा असुल्छन् । यसअघि चामे पुग्न १ हजार लाग्थ्यो, अहिले २२ सयसम्म तिर्नुपर्छ ।

भाडाबारे प्रशासनले पनि खासै चासो दिएको छैन । बिपीमा यात्रु झन् लुटिएका छन्, व्यवसायीबाट ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *