सीएनआईद्वारा कृषि विकास परिषद् गठन
२०७८ असोज १८ गते

काठमाडौँ। नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ। परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद् गठन भएको हो। परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी कोअर्डिनेटिङ उपाध्यक्ष छन्।
परिषद्ले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय अगाडि बढाउनेछ।
पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र त्यस बालीको उन्नत स्तरको बिउबिजन कृषकहरुलाई उपलब्ध गराउने योजना परिषद्को छ।
परिषदको सदस्यहरूमा पवनकुमार गोल्यान, प्रेम लामा, डा। दिल्लीराम शर्मा, सागर गौतम, राशी संघाई र सतिश श्रेष्ठ छन्।
२०७८ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित









