उद्योग संगठन मोरङ कार्यसममिति र स्विस राजदूतबीच भेट

विराटनगर । नेपालका लागि स्विस राजदूत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसँग औद्योगिक दक्षजनशक्ति उत्पादनमा सहकार्यको सम्भावनाका विषयमा भेटघाट गरेकी छन् । उद्योग सङ्गठन मोरङको कार्यसममिति र स्विस राजदूतबीच संगठनको सचिवालयमा सोमबार भएको भेटघाटमा स्विटजरल्याण्ड र नेपालबीच हुन सक्ने व्यवसायिक तथा व्यापारिक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै सङ्गठनले सञ्चालन गरिरहेको सिप विकास कार्यक्रमलगायतका विषयमा राजदूत क्यापेलरले छलफल गरेकी हुन् ।

संगठनको वर्तमान कार्यसमितिले अघि बढाएका कार्यक्रमको प्रस्तुतिकरण सुनिसकेपछि राजदूत क्यापेलरले स्विस सरकारले धेरै पहिलेदेखि स्थानीय संस्थाहरुसँग यस्तै कार्यक्रमको अपेक्षा गरेको र आफूले बिगत ८ वर्षमा पहिलो पटक यो स्तरको उत्कृष्ठ प्रस्तुती र कार्यक्रमहरुका बारे हेर्ने र बुझ्ने अवसर पाएको भन्दै संगठनलाई कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरिन् ।

छलफलका क्रममा उनले संगठनले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी तालिमको उपादेयताका बारेमा जिज्ञासा राख्दै उद्योगी आफैँले प्रशिक्षार्थी छनौट गर्ने व्यवस्था नहुन्जेल यस्तो तालिम उपलब्धीमूलक नहुने भएकोले यसका लागि पहल गर्न सङ्गठनलाई आग्रह समेत गरेकी छन् ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले राजदूत क्याम्पेलरलाई संगठनमा स्वागत गर्दै नेपालमा स्विस लगानी भित्र्याउन, प्रविधि तथा ज्ञान आदान प्रदान गर्न, संगठन र स्विस चेम्बरहरुसँग सहकार्य गर्न सहजीकरण गरिदिन अनुरोध गर्दै यस प्रकारको भ्रमण निरन्तर भएमा सहकार्यको सम्भावनालाई मूर्तरुप दिन मद्दत पुग्ने बताए । साथै अध्यक्ष प्याकुरेलले औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम संगठनको प्राथमिकताको रहेको भन्दै उद्योगलाई चाहिने जनशक्ती उद्योगले नै तयार गर्ने विषयमा संगठन प्रष्ट रहेको बताए ।

कार्यक्रममा संगठनका बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, कोषाध्यक्ष बिपिन काबरा, कार्यसमिति समिति सदस्य सुरेन्द्र गोल्छा, सञ्जय कुमार अग्रवाल, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, शौरभ सारडा, सुदिप घिमिरे लगायत स्विस राजदूतावासका बरिष्ठ कर्मचारीहरुकोे सहभागिता थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *