ग्राहकहरूलाई सिटी सेन्टरको चाडपर्व उपहार

काठमाडौँ । काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरूको महान चाडपर्व दशैँ-तिहार लक्षित योजनाहरू ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरूलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो ।

किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालीको चाडपर्व योजनामा दायरा फराकिलो पारेको सिटी सेन्टरले जनाएको छ ।

असोज १६ गते देखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।

शपिङ मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ भौचरका साथै विक्ली लक्की ड्र तथा ग्रान्ड लक्की ड्रमा समावेश गराइने जनाइएको छ । लक्की ड्रको कुपन मार्फत विजेताका लागि चितवन, पोखरालगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिनेछ ।

यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरूले ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रीलगायतका अन्य आकर्षक छुट तथा योजनाहरूसमेत प्रदान गर्नेछन् ।

विश्वभरि फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डको पूर्ण पालनामा जोड दिएर, सरकारी निर्देशनअनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो । यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेलासमेत सुरु भएको छ ।

असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्महल पुनः संचालनमा आउने सिटी सेन्टरले जनाएको छ ।

चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल सञ्चालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ ।

यो योजना २४ कार्तिक २०७८ (छठ पर्व) सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *