नेप्से ६ अकंले घट्यो, कारोबार रकम साढे ३ अर्ब

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार (नेप्से) परिसूचक ६.६८ अकंले घटेको छ । सोमबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.२६ प्रतिशतले घटेर २५७०.८१ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक १.२८ अकंले घटेर ४८४.९८ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूह मध्य ४ वटा समूहका उपसूचक बढेका भने बाकि सबै सूचकहरु घटेका छन् ।

यस दिन कारोबारमा आएका २२७ कम्पनीका ७६ लाख ५३ हजार २ सय २०  कित्ता सेयर ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९ सय ३५ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

यस दिन आशा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशत र मैलुङ खोला जलविद्युत् लिमिटेडको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *