सुपारी, छोकडा, केराउ र मरिच आयातमा रोक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुपारी, केराउ, छोकडा र मधुल्याएको मरिच आयातमा रोक लगाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उक्त वस्तुहरूको आयातमा रोक लगाउन आग्रह गरेकाले यी वस्तुको आयातमा रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षमा यी वस्तु आयातका लागि सरकारले कोटा निर्धारण र इजाजत नदिएकाले यस्ता वस्तुको आयात गर्ने प्रक्रिया सुरु नगर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।

असार मसान्तसम्म सिपिङ भइसकेका र आयातका लागि एलसी खोलिसकिएको अवस्थामा बाहेक यस्ता वस्तुको आयात नगर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपारी, केराउ, छोकडा र मरिचको आयातमा परिमाणात्मक बन्देज लगाई कोटो तोकेको थियो ।

यस्ताे छ सूचना–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *