लस्कर फूड्सबाट खाना र खाजा मगाउँदा छुट

काठमाडौँ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले खाना खाजा मगाउँदा ५० प्रतिशतसम्म छुट दिने भएको छ ।

लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर‚ कार्यालयमा पुर्‍याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।

लस्कर फुड्सले हाइजेनिक किचेनको अवधारणालाई अघी सारेर फूड डेलिभरी गर्न लागेको हो । चाडबाड विशेष अफरमा लस्कर फुड्सले ५० प्रतिशत छुट दिन लागेको हो ।

आजदेखि ल्याइएको छुट आगामी असोज २५ गतेसम्म चल्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् । लस्कर फुड्सले आफ्नो किचेन बन्द गर्दा हुन्छ लस्कर फुडस बाट मगाउँदा हुन्छ भन्ने मूल नारा लिई अघि बढेको ओस्ती बताउँछन् ।

नेपालीको महान चाडबाडलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुड्सले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताएका छन् ।

लस्कर फुडसले यस अफरसँगै, अरु विभिन्न अफर समेत ल्याएको छ । गत हप्ता लस्कर फुड्सले अन्लाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो ।

लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।

काठमाडौँ उपत्यकाबासी व्यस्त हुने र अनलाइन ई-कमर्स, फूड डेलिभरीप्रति आम नागरिकहरूको आकर्षण बढ्दै गएपछि लस्कर फूड्सले ५० प्रतिशतको अफर अघि सारेको हो ।

बजारमा दर्जनौँ फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरूभन्दा भिन्न रहेको लस्कर फुड्सका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दावी छ ।

प्रभू-पे, ई-सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था रहेको छ ।

ठमेल पकनाजोलस्थित लस्कर फुड्सको कार्यालयमा सिधैँ फोन गरेर ०११-४७००५५४ र ४७००५५३ वा लस्कर फूड्स अनुप्रयोग (एप) बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *