‘क्विज मेनिया’को सिजन ७ नेपाल टेलिभिजनमा

काठमाडौं । ‘क्विज मेनिया’को सिजन ७ नेपाल टेलिभिजनमा प्रसारण हुने भएको छ । नेपाल टेलिभिजन र एक्रेटिक मिडियाबीच आइतबार प्रसारण सम्झौता भएको हो ।

नेपाल टेलिभिजनका तर्फबाट महाप्रबन्धक फुलमान वल तामाङ र एक्रेटिक मिडियाबाट सीईओ हरि पोखरेलले सम्झौता आदान प्रदान गरेका हुन् । ‘क्विज मेनिया’को सिजन ६ सम्म निजी च्यालनमा प्रसारण भएकोमा सातौं सिजन भने नेपाल टेलिभिजनमा हुन लागेको हो । सिजन ७ मा एसियाली मुलुकका १७ देशको सहभागिता रहने बताइएको छ ।

२४ भागसम्म सञ्चालन हुने कार्यक्रम बुधबार साँझ ८ः५० देखि नेपाल टेलिभिजनमा प्रसारण हुनेछ । कार्यक्रममा महाप्रबन्धक वलले ‘क्विज मेनिया’मार्फत नेपाल टेलिभिजनको औपचारिक कार्यक्रममा प्रवेश गरेकोमा नायक राजेश हमाललाई स्वागत गरे । कार्यक्रमको क्वीज मास्टर राजेश हमाल हुन् ।

एक्रेटिक मिडियाका सीईओ हरि पोखरेलले राष्ट्रिय च्यानलबाट ‘क्विज मेनिया’ प्रसारण हुन पाएकोमा खुसी व्यक्त गरे । यस्तै महाप्रबन्धक वलले कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमासमेत सघाउ पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौत, कार्यक्रम महाशाखा प्रमुख डा। टंक उप्रेती, ब्यापार महाशाखा प्रमुख राजकुमार थापालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *