आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सीईओमा शर्मा

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृति (सीईओ)मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । सञ्चालक समितिको १४ असोजमा बसेको बैठकले सोही मितिबाट लागु हुने गरी शर्मालाई सीईओ पदमा नियुक्त गरेको हो ।

संस्थाको केन्द्रीय कार्यालय बनेपामा भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले नव नियुक्त सीईओ लक्ष्मीप्रसाद शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

नव नियुक्त सीईओ शर्माले ग्रामिण विकासमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । बैंक तथा वित्तीय संस्थामा १७ वर्षको काम गरेको अनुभव शर्मालाई छ ।
निर्धन उत्थान बैंक लिमिटेडबाट शाखा प्रमुखको रुपमा बैंकिङ सेवामा प्रवेश गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराइज बैंक, एनआईसी एसिया बैंकमा विभिन्न विभागका साथै एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्तमा स्थापनाकालदेखि नै सीईओको रुपमा काम गरेका थिए ।

शर्मामा आक्रामक व्यवसाय विस्तार र गुणस्तर व्यवस्थापनमा बिशेष दख्खल छ । पदभार ग्रहण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले शर्माको कार्यकालमा संस्थाले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे । निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको वृद्घी विकासमा सदैव आफूले सहयोग गर्न तयार रहने बताए ।

हाल संस्थाले ७ प्रदेश ५२ जिल्ला १३७ वटा शाखा कार्यालय मार्फत ८७ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ । संस्थाले ४८ हजार ऋणीमार्फत ४ अर्ब ७८ करोड कर्जा लगानी र १ अर्ब ३६ करोड निक्षेप सङ्कलन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *