रक्सी छोडेका युवकले खाए एक किलो फलामको काँटी

काठमाडौँ । रक्सीको लतबाट टाढा भएका एक युवकले एक किलो काँटी र किलाहरू खाएका छन् । उनले १० सेन्टिमिटर लामासम्म फलामका काँटी किला खाएको पाइएको छ ।

बीबीसीकाअनुसार लिथुवाअनियाका त्यी युवाको पेटबाट एक किलो काँटी किला निकालिएको छ । लिथुआनियाको क्लेइपेडा विश्वविद्यालयको अस्पतालबाट ती युवकको पेट चिरेर एक किलो काँटी किला निकालिएको हो । उनको शल्यक्रियाको लागि तीन घन्टा लागेको थियो ।

ती युवकको पेटबाट निकालिएका काँटी किलाको तस्बिर अहिले लिथुआनियाका सञ्चारमाध्यममा भाइरल भइरहेको छ । बिरामीको नाम भने खुलाइएको छैन । उसको अवस्था सामान्य भएको र यो अचम्म लाग्दो घटना भएको डाक्टरहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *