सिंहको प्रश्न- ‘गणेशमानको छोरा भएर म सभापति बन्न नपाउने हो ?’

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट आफूलाई सभपाति जिताउन आग्रह गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै सिंहले उपत्यकाबासीले बाहिरबाट आएका नेताहरूलाई मात्र अघि बढाएको भन्दै दुखेसोसमेत पोखे ।

सिंहले १४औं महाधिवेशनबाट पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फर्स्टम्यान’ बन्न अघि बढेको बताए । ‘काठमाडौँमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो?,’ सिंहले भने, ‘अरूको छोराहरूले त अवसर पाएका छन् त ।’

सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आउ भन्ने अवस्था आएकोसमेत बताए । आफूले ०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै सभापति देउवालाई असफल नेता भएकाले राजीनामा दिन माग गरेको पनि बताए ।

सिंहले कांग्रेसले आफैंले लोकतन्त्रको बेवास्ता गरेको बताए । ‘पार्टी सभापतिकै जिल्लाको अनशन पार्ट अफिसमा, जिल्ला सभापतिलाई शक्ति देखाएर वाइपास गरेको छ,’ सिंहले भने, ‘देश लोकतान्त्रिक बनाउने, पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई बेवास्ता गर्ने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *