नयाँ व्यवसायी बनाउने २४ नविनतम सोच छनौट, प्रशिक्षण सुरु

विराटनगर । स्टार्टअप एन्ड ईन्नोभेसन कार्यक्रमअन्तर्गत छनौट भएका २४ स्टार्टअप व्यवसायीहरूका लागि बुट क्याम्प सुरु भएको छ ।

व्यवसायको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन आजदेखि उद्योग संगठन मोरङको आयोजनामा चार दिने बुट क्याम्प आयोजना भएको हो ।

स्टार्टअप एन्ड ईन्नोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले देशका युवा वर्गले आफ्नो सोचलाई व्यसायिकतामा रुपान्तरण गर्न नसक्दासम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । उद्योग संगठन मोरङले नया उद्यमशिलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल बनाउन यो अभियानले भूमिका खेलेकोले उनले बताए ।

बुट क्याम्पअन्तर्गत अन्तिम दिन हाट बजारको आयोजना गरी स्टार्टअपहरूको सम्बन्धमा जानकारी दिइने संयोजक गोल्छाले बताए ।

कार्यक्रमको फोकल पर्सन प्रीति कोइराला भट्टराईले प्रदेश नं. १ का हिमाल, पहाड र तराईबाट छनौट भएका २४ स्टार्टअपहरूमा कृषि, जडिबुटी, सेवा, उत्पादन, अनलाइन व्यवसायलगायतका स्टार्टअप व्यवसायीहरूको सहभागिता रहेको जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *