धनगढीको केजी अस्पतालमा ६ महिने शिशुको मृत्यु, डाक्टरले लापरबाही गरेको आरोप

धनगढी । धनगढीस्थित केजी अस्पतालमा एक ६ महिने शिशुको मृत्यु भएको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका- ७ का विष्णु विकका ६ महिने शिशु सायलको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरूले अस्पतालमा भएको लापरबाहीमाथि छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

बिरामी भएपछि डोटीको महाकाली मेडिकलमा लगिएका शिशुमा अक्सिजनको अभाव देखिएपछि धनगढी रेफर गरिएको थियो । शिशुमा निमोनिया देखिएपछि ९ गतेदेखि केजी अस्पतालमा उपचार भइरहेको थियो । अहिले अस्पतालमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *