धौलागिरी हिमालको शिखरमा पाइला टेक्ने पहिलो नेपाली महिला बनिन् पूर्णिमा

काठमाडौँ । फोटोपत्रकार पूर्णिमा श्रेष्ठले विश्वको सातौँ अग्लो धौलागिरी हिमालको सफल आरोहण गरेकी छन् । फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले शुक्रबार बिहान ६ बजे शिखर चुमेकी हुन् । सफल आरोहणसँगै श्रेष्ठ धौलागिरी हिमालको शिखरमा पाइला टेक्ने पहिलो नेपाली महिलासमेत बनेकी छिन् ।

गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी २९ वर्षीय श्रेष्ठले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमादब्लम हिमालको सफल आरोहण गरिसकेकी छन् । एक दशकदेखि फोटोपत्रकरितामा सक्रिय पूर्णिमा हाल कारोबार राष्ट्रिय आर्थिक दैनिकमा कार्यरत छिन् ।

पुर्णिमासँगै आरोही पासाङ ह्लामू शेर्पाले पनि धौलागिरी हिमालको सफल आरोहण गरेकी छन् । उनीहरूले धौलागिरीको चुचुरोमा पाइला टेक्ने दुई प्रथम नेपाली महिलाको कीर्तिमान समेत बनाएका छन् । सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत् श्रेष्ठ असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धौलागिरी हिमाल आरोहणका लागि गएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *