भायानेट बडा दशैँमा बडा स्पिड
२०७८ असोज १५ गते

काठमाडौँ । भायानेटले दशैँको अवसरमा बडा दशैँमा बडा स्पिड, बडा टिभी योजना ल्याएको छ ।
दसैँमा ग्राहकहरूलाई उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटीभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एनड्रोइड टिभीमा भारी छुट दिनको लागि भायानेटले ‘बडा दसैँमा, बडा स्पिड, बडा टिभी’ अफर ल्याएको जनाएको छ ।
यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरूले भायानेटको सुपर स्पिड इन्टरनेट र १७५ प्लस च्यानल भएको भायाटीभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउन सक्नेछन् ।
त्यसैगरी, साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटीभी प्याकेजसँगै एमआई एन्ड्रोइड टिभी बन्डल गरेको छ । यस बन्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा २२५ सम्म छुट पाउन सक्नेछन् ।
२०७८ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








