म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिताको शुभारम्भ

ललितपुर । म्याक्स मिडिया कम्पनीको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ । डिजिटल मिडिया सम्बन्धी यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिलाई भाग लिन आह्वान गरेको छ ।

डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई व्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पु¥याउन ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ ।

देशभर रहेका डिजिटल मिडिया सम्बन्धी प्रतिभाको खोजी गरी उनीहरुलाई प्रोत्साहन गर्दै डिजिटल मिडिया सम्बन्धी आवश्यकता पूर्ति गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

कम्पनीका अनुसार मिडिया क्षेत्रको पृष्ठभूमिमा पछिल्लो पाँच वर्षको अवधिमा निकै ठूलो परिवर्तन देखिएको छ । यस अवधिमा खासगरी डिजिटल मिडियाको शुरुवात मात्र नभई हाम्रो दैनिक जीवन, जहाँ हामी हाम्रो जीवत यापन गरिरहेका छौँ, त्यसको महत्व बढाइरहेको छ ।

प्रतियोगिताको विजेतालाई ५ लाखको पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । म्याक्स मिडिया डिजिटल गुरुको मुख्य उद्देश्य नै मिडिया इण्डस्ट्रिका लागि उत्कृष्ट र नविनतम विचार सहितको सोच प्रश्तुत गर्ने रहेको छ ।

यस प्रतियोगितामा सहभागि हुनका लागि www.digitalguru.maxmedia.com.np  मा रजिष्टर गर्न सकिने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *