उद्योग वाणिज्य संघले भन्यो- धेरै नाफा नखानु, गुणस्तरलाई ख्याल गर्नु

पोखरा । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको बेला व्यापारमा बदमासी हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । संघले व्यवसायीहरुलाई धेरै नाफा नखाई गुणस्तरीय सामान बेच्न आग्रह गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै मूल्यसूची खिनेगरी टाँस्न, बढी मुनाफा नलिन तथा म्याद गुज्रेका खाद्य वस्तुहरु नबेच्नसचेत गराएको संघले भनेको छ । ‘राज्यबाट प्रदत्त मुनाफाको सीमालाई ध्यानमा राख्दै व्यापार/व्यवसाय गर्न, उपभोग्य वस्तुहरुको मूल्यसूची स्पष्ट देखिनेगरी राख्न एवं हतारमा म्याद गुज्रेका तथा गुणस्तरहीन सामग्री आपूर्ति हुनसक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गर्दछाँ, जारी विज्ञप्तिमा भनिएको छ ।

खाद्य सामग्रीको प्याकेजिङ्ग गर्दा पनि प्रशासनसँग अनिवार्य अनुमति लिन भनिएको छ । यस्तै, सरकारी क्षेत्रबाट आफूहरूलाई गरिएको व्यवहारप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बजार अनुगमनको नाममा व्यवसायीहरुको मानमर्दन नगर्न र सानो कमजोरीलाई ठूलो बनाएर प्रतिष्ठा धूलोमा नमिलाउन संघले नियमनकारी निकायसँग माग पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *