धेरै नाफा नखानू, गुणस्तरलाई ख्याल गर्नू : उद्योग वाणिज्य संघ

पोखरा । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको बेला व्यापारमा बदमासी हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । व्यवसायीहरूलाई धेरै नाफा नखाई गुणस्तरीय सामान बेच्न आग्रह गरेको हो । एक विज्ञप्ती जारी गरी मूल्यसूची देखिने गरी टाँस्न, बढी मुनाफा नलिन तथा म्याद गुज्रेका खाद्य वस्तुहरू नबेच्न सचेत गराएको छ ।

‘राज्यबाट प्रदत्त मुनाफाको सीमालाई ध्यानमा राख्दै व्यापार/व्यवसाय गर्न, उपभोग्य वस्तुहरूको मूल्यसूची स्पष्ट देखिने गरी राख्न एवं हतारमा म्याद गुज्रेका तथा गुणस्तरहीन सामग्री आपूर्ति हुनसक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गर्दछौँ,’ जारी विज्ञप्तीमा भनिएको छ ।

खाद्य सामग्रीको प्याकेजिङ गर्दा पनि प्रशासनसँग अनिवार्य अनुमति लिन भनिएको छ । यस्तै, सरकारी क्षेत्रबाट आफूहरूलाई गरिएको व्यवहारप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बजार अनुगमनको नाममा व्यवसायीहरूको मानमर्दन नगर्न र सानो कमजोरीलाई ठूलो बनाएर प्रतिष्ठा धूलोमा नमिलाउन संघले नियमनकारी निकायसँग माग पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *