स्मार्टडोको ‘स्मार्ट दशैँ अफर’

काठमाडौँ । नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई-कमर्स एप स्मार्टडोकोले , दशैँको अवसरमा ‘स्मार्ट दशैँ अफर’ ल्याएको छ ।

ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु ७५० सम्म), साथै बैंक अफ काठमाण्डूको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु १५०० सम्म) र माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक (रु २१० सम्म)पाउनेछन् ।

दशैँमा ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहारसमेत जित्न सक्नेछन् । त्यसैगरी स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक विभिन्न उपहारहरु जित्न सक्ने बैंकले जनाएको छ ।

डाइमन्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर, क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर, पोको किड्स गिफ्ट भाउचर, बेबी ट्री गिफ्ट भाउचर, इनर्जाइजर पावर बैंक, गोल्डस्टार जी दश जुत्ता र वाइड म्यान जापानिज क्वार्टाज मुभमेन्ट जेन्युन लेदर ब्यान्ड रिस्टवाच जित्न सक्ने कम्पनीले जनाएको छ ।

स्मार्टडोकोले दशैँ अफरमा ग्राहकहरूलाई इलेक्ट्रिोनिक्स, हेल्थ एन्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउनेसमेत व्यवस्था गरिएको छ । ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरू स्मार्टडोकोको वेबसाइट तथा एपबाट अर्डर गरी फाइदा लिन सक्ने बैंकले जनाएको छ । ग्राहकले एन्ड्रोइड र आइओएस डिभाइसमा एप डाउनलोड गर्न सक्नेछन् ।

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रोडक्टहरू छन् । ग्राहकले १० फरक वर्गका सामानहरू‚ जस्तै: कोभिड-१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एन्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरू स्मार्टडोकोबाट खरिद गर्न सक्ने जनाइएको छ । बैंकका अनुसार ग्राहकले बिहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडभन्दा बाहिर कम शुल्कमा समान डेलिभरीको सुविधा पाउन सक्नेसमेत बैंकले जनाएको छ । अफर असोज १४ देखि असोज २१, २०७८, सम्म मान्य हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *