हवाई सुरक्षा सुधार्न ५ सदस्यीय छानविन समिति गठन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पछिल्लो समय विभिन्न एयरलायन्सका जहाजमा देखिएको समस्याबारे अध्ययन गर्न ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

मन्त्रालयले १३ गते बुधबार एक विज्ञप्ति जारी गरी नेपालको आकाशमा उड्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपालमा दर्ता भएका हवाईजहाज र हेलिकोप्टरको अवस्था परीक्षण गरी ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्य जिम्मेवारी सहित छानविन समिति गठन गरिएको जनाएको छ ।

संस्कृति, पर्यटना तथा नागरिक उड्डयन मन्त्रनालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा, क्यानका पूर्व निर्देशक भेषराज सुवेदी, बरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सीएटीसीअ प्रमोद नेपाल, क्यानका प्रबन्धक लक्ष्मण देवकोटा रहेको समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

असोज ११ गते काठमाडौँबाट ७७ जना यात्रु लिएर उडेको बुद्ध एयरको विमानमा खराबी देखिएको लगायत पछिल्लो समय विभिन्न कम्पनीका जहाज र हेलिकोप्टरमा प्राविधिक समस्या देखिएकाले यस्तो समस्या समाधानमा सहयोग पुगोस् भन्ने ध्येयका साथ छानिव समिति गठन गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले विज्ञाप्तीमार्फत् जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *