एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ मा दुई अवार्डबाट पुरस्कृत

काठमाडौं । 

एनसेल आजियाटा लिमिटेड ‘ग्लोबल बिजनेस आउट लुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत भएको छ । जीबीओ अवार्ड अन्तर्गत एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप ९नेतृत्व० विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सिइओ अफ दि इयर’ अवार्ड जितेका हुन् ।

लन्डन स्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड बैंकिङ्ग, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्ताहरूलाई दिइन्छ ।

कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरुले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पु-याएको योगदानलाई सम्मान गरिन्छ ।  साथै, एनसेल ‘वर्ल्ड कम्युनिकेसन्स अवार्ड २०२१’ का दुई छुट्टाछुट्टै विधा ‘सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’का लागि पनि सूचीकृत भएको छ ।

यो पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७ मा टोटल टेलिकम काँग्रेस कार्यक्रममाझ लन्डनमा हुनेछ । त्यस्तै, ‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसहरूका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘बेस्ट सोसल मिडिया क्याम्पियन’ अवार्डमा सूचीकृत भएको छ । पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुनेछ ।

‘मस्ट सोसिएल्ली रेस्पनसिबल टेलिकम कम्पनी’ र ‘टेलिकम सिइओ अफ दि इयर’ अवार्ड जित्न सफल भएकोमा खुशी व्यक्त गर्दै एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले भने, “एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सामाजिक पहलअन्तर्गत हामीले समुदायहरूमा पु¥याएको महत्त्वपूर्ण योगदानको कदर स्वरूप यो अवार्ड पाएकोमा हामी निकै हर्षित छौँ ।

 शिक्षा, स्वास्थ्य र वातावरणजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै देशको विकास र दिगो विकास लक्ष्य हासिल गर्नका लागि योगदान पु¥याउन हामीले विभिन्न सामाजिक परियोजनामा १ अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका छौँ ।”

चोङको कार्यशैलीको नतिजा अनुरूप एनसेलले सामाजिक योगदानको मामिलामा उदाहरणीय काम गर्न सफल भएको छ । दूरसञ्चार, आइटी/टेक्नोलोजी र इलेक्ट्रोनिक्स जस्ता विभिन्न क्षेत्रहरूमा ३० वर्षभन्दा बढी व्यवस्थापन र सञ्चालन क्षेत्रको अनुभव बटुलेका चोङ एक दूरदर्शी तथा रणनीतिक नेतृत्वकर्ता हुन् ।

कोभिड–१९ महामारीको जोखिमकाबीच पनि उनको प्राथमिकता आफ्ना ग्राहक, पार्टनर र कर्मचारीहरुको स्वास्थ्य सुनिश्चितता र सरकारलाई यस महामारीमा सहयोग गर्नेमा रहेको छ ।

‘टेलिकम सिइओ अफ दि इयर’को सम्मानले एनसेलमा चोङले सहानुभूतिपूर्ण र संगठनात्मक संस्कृति निर्माणमा निभाएको नेतृत्वदायी भूमिकालाई झल्काउँछ । चोङको नेतृत्वमा एनसेलको प्रमुख प्राथमिकता डिजिटलाइजेसन रहँदै आएको छ । कम्पनीले सन् २०२५ सम्ममा डिजिटल सेवा प्रदायक कम्पनीको रूपमा स्थापित हुने लक्ष्यका साथ काम गरिरहेको छ ।

चोङले उच्च गुणस्तरीय, आधुनिक र सुलभ दरमा ग्राहकलाई सेवा सुनिश्चित गर्न ९०० मेगाहर्ज ब्यान्डमा फोरजी सेवाको कभरेज अझै फराकिलो र इन्डोर कभरेजमा पनि थप सुधार गरिएको जनाएका छन् ।

चोङले एनसेलका कर्मचारीको क्षमता अभिवृद्धि तथा विकासलाई पनि प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ । चोङसँग मलेसिया, सिंगापुर र इन्डोनेसियामा सीईओका साथै सेल्स एन्ड मार्केटिङ, टेक्निकल एन्ड अप्रेसन र फाइनान्सका क्षेत्रमा शीर्ष व्यवस्थापन पदहरूमा रही काम गरेको लामो अनुभव छ ।

सन् २००८ मा आजियाटा ग्रुपमा आबद्ध भएका चोङले सन् २०१४ सम्म सिनियर भाइस प्रेसिडेन्ट एन्ड हेड अफ ग्रुप मार्केटिङ एन्ड अपरेसनका रूपमा काम गरेका थिए । सन् २०१६ मा उनी अन्तरिम चिफ कमर्सियल अफिसर र २०१८ मा चिफ कमर्सियल अफिसरको रूपमा एनसेलसँग आबद्ध भएका थिए ।

उनले २०१९ नोभेम्बरदेखि सिइओ/प्रबन्ध निर्देशकको भूमिकामा कार्यभार सम्हाल्दै आएका छन् । चोङले मोनास युनिभर्सिटी अस्ट्रेलियाबाट जेनरल म्यानेजमेन्टमा एमबीए र इलेक्ट्रोनिक र कम्प्युटर सिस्टममा स्नातक गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *