अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउतको फोन अख्तियार प्रमुखलाई

जनकपुरधाम । अख्तियारको टोलीले प्रदेश- २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतले छापामारीप्रति आपत्ति जनाएका छन् । मुख्यमन्त्री राउतले अख्तियार प्रमुख प्रेमकुमार राईलाई फोन गरेर छापामारीप्रति आपत्ति जनाएका हुन् ।

‘अख्यितारको टोली छापामार शैलीमा मुख्यमन्त्री कार्यालय छिरे र फाइल लिएर गए,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारको छापामारीपछि पत्रकार सम्मेलन गरी राउतले भने, ‘यो तरिका ठीक भएन‚ यसबारे मैले अख्तियार प्रमुख प्रेम राईजीलाई फोन गरेर आपत्ति जनाएको छु ।’

पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले अख्तियार प्रमुख राईले पनि तरिका गलत भएको स्वीकार गरेको दाबी गरे ।

संघीयता विरोधी तत्वहरूले अख्तियारलाई प्रयोग गरेर बदनाम गराउने षडयन्त्र गरिरहेको दाबी गर्दै उनले सरकार प्रमुखको कार्यालयमा कसैले छापा हान्न नमिल्ने तर्क गरेका छन् । राउतले संघीयतालाई बदनाम गर्ने नियतका साथ षडयन्त्रपूर्ण तरिकाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा हानेको आरोप समेत लगाए ।

‘जुन तरिकाले अख्तियार प्रस्तुत भए उनीहरूको नियत ठीक देखिएन, एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरु नै तत्व मिलेका छन्,’ उनले भने’ ‘प्रदेशलाई र मुख्यमन्त्री समेतलाई बदनाम गर्ने नियतले यो भएको हो ।’

सरकार प्रमुखको निकायमा छापा मार्न नपाइने जिकिीर गर्दै छानबिन नै गर्नुपर्ने भए फाइल मागेर सहज रूपमा लिएर जान सकिने तर्क गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *