स्नोडेन्ट चुइङ्गमको ब्रान्ड प्रवर्द्धकमा सन्दीप

काठमाडौँ । पर्फेक्ट फुड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन ‘स्नोडेन्ट चुइङ्गम’को ब्रान्ड प्रवर्द्धनका लागि सन्दीप लामिछानेलाई अनुबन्ध गरेको छ ।

नेपाली क्रिकेट  प्रेमीहरुका लोकप्रिय खेलाडीको रुपमा चर्चित लामिछानेलाई कम्पनीले स्नोडेन्ट चुइङ्गमको ब्रान्ड प्रबर्द्धन तथा प्रचारप्रसारका लागि अनुबन्ध गरेकाे हाे ।

ताजापन महसुस गराउने ‘रिफ्रेसिङ मिन्ट’ले भरिएको स्नोडेन्ट चुइङ्गमले मुखलाई सफा र सासलाई ताजा बनाइराख्न सहयोग गर्छ ।

स्नोडेन्टको प्रचारप्रसार अभियानमा ‘स्नोडेन्ट इन, ब्याड ब्रेथ आउट’ भन्ने नारा (स्लोगन) दिइएको छ । मुखलाई हरदम ताजा राख्न र आत्मविश्वास बढाउन स्नोडेन्ट चुइङ्ग पर्याप्त रहेकाे कम्पनीले जनाएको छ ।

मिन्ट तथा मौसमीको स्वादमा स्नोडेन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ । लाखौँ नेपालीहरुको लोकप्रिय ब्राण्डको रुपमा पर्फेक्ट फुड्सका ब्लास्ट, सेन्टर फिल्ज, क्यान्डी बी जस्ता चुइङ्गम र क्यान्डीहरु उत्पादन गर्दै आएको छ ।

अति उत्कृष्ट मेशिन तथा स्वस्थकर वातावरणमा उत्पादन हुने यी ब्रान्डहरु बजारमा स्थापित भइसकेका छन् ।

ब्रान्ड प्रवर्द्धकका रुपमा अनुबन्ध गरिएका लामिछाने भन्छन्– ‘मिन्टको रिफ्रेसिङ फ्लेभरले मलाई क्रिकेट खेल्दा होस् वा प्राक्टिस गर्दा रिफ्रेसिङ बनाइराख्छ र खेलमा कन्फिडेन्ट बढाउँछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *