निम्बसद्वारा किरा लाग्नबाट बचाउने प्रविधियुक्त नो-किरा बोराको उत्पादन शुरु

काठमाडौँ । बजार परीक्षणमा रहेको निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो-किरा बोराको उत्पादन सुरु गरेको छ ।

अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक उच्च प्रविधि हो । साना तथा मझौला किसान र व्यापारीहरूलाई किरा प्रभावित स्थानमा पनि यस झोलामा भण्डारण गर्दा जोखिम नहुने कम्पनीले दाबी गरेको छ ।

नो-किरा बोराले किसान, व्यापारी र मिल सञ्चालकहरुलाई किरारहित भण्डारण गर्ने सुविधा दिन्छ । यस झोलाको हरेक रेसामा रहेको कीटनाशकले किरा लाग्नबाट जोगाउँछ र उत्पादनको प्रभावकारिता वृद्धि गर्छ ।

यो झोला बनाउन प्रयोग गरिएको कच्चा पदार्थ विश्व खाद्य संगठन र विश्व स्वास्थ्य संगठन मान्यता प्राप्त हो । यसलाई कोडेक्स, अमेरिका र यूरोपियन यूनियनले खाद्य सुरक्षाभित्र वर्गीकृत गरेको कम्पनीले जनाएको छ । यो झोला चाँडै नै २५, ३५ र ५० किलोमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *