फेरि घट्यो सुनको मूल्य

काठमाडौं ।

बुधवार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १०० रुपैयाँले घटेर कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ ।

मङ्गलवार सुनको मूल्य तोलामा तीन सयले गिरावट आएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *