महासंघद्वारा विद्युत् क्षेत्रका निर्णय सच्याउन ऊर्जामन्त्रीलाई आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल भेटेको छ । प्रतिनिधि टोलीले मंगलबार ऊर्जा मन्त्रालयमा भेटी जलविद्युत्को प्रचुर सम्भावना हुँदाहुँदै पनि उद्यमी व्यवसायीले लाभ लिन नसकिरहेको अवस्थामा विद्युत् नियमन आयोग र नेपाल विद्युत प्राधिकरणका पछिल्ला निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराएको बताएको छ । दुवै निकायबाट भएका निर्णय समग्रमा उद्योग व्यवसायलाई निरुत्साहित गर्ने हिसावले आएकाले त्यसलाई तत्काल संशोधन गर्न महासंघले आग्रह गरेको छ ।

नियमन आयोगल भदौ ३० गते सार्वजनिक सूचना प्रकाशित गरी डिमाण्ड शुल्क बढाउन सिफारिस गरेको थियो । त्यस्तै, प्राधिकरणले लामो समयदेखि विद्युत खरिद सम्झौता (पीपीए) रोकि राखेको अवस्था छ ।

डिमाण्ड शुल्क वृद्धि हुँदा औद्योगिक लागत बढ्न गई आर्थिक गतिविधि सङ्कुचित हुने र लक्षित आर्थिक वृद्धि र रोजगारी सिर्जनामा समेत प्रतिकूल असर पर्ने उद्योगहीले बताएका छन् । महासंघले प्रतिस्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत् महसुल न्यून गरी अन्य शुल्क हटाउँदै जानुपर्ने माग उद्योगीले राख्दै आएका थिए । यस्तो बेला आयोगले उद्योगहरुका लागि टिओडी मिटर मार्फत् निश्चित समयमा विद्युत् महसुल बढी लिन पाउने सिफारिस समेत गरेकोप्रति महासंघ टोलीले आश्चर्य जनाएको छ ।

कोभिड महाकारीको बेला डिमाण्ड शुल्क बृद्धि र टिओडी मार महसुल वृद्धिका लागि नियमन आयोगबाट गरिएको सिफारिस समयसापेक्ष नरहेको उनीहरुले बताएका छन् । त्यसैले डिमाण्ड शुल्क र महसुल बढाउन सिफारिस कार्यान्वयन नगरी उद्योगहरुलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउन उनीहरुले माग गरेका छन् ।

२०७५ साल फागुनदेखि रोकी राखिएको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खोल्न पनि उनीहरुले माग गरेका छन् । भौतिक पूर्वाधार सुनिश्चित भएका आयोजनाहरुको पहिचान गरी ती आयोजनासँग तत्काल पीपीए गर्न पनि सो अवसरमा अनुरोध गरिएको थियो ।

उद्योगीहरुको सुुझावलाई आफूले अध्ययन गरी सक्दो सहयोग गर्ने ऊर्जामन्त्री भुसालले प्रतिवद्धछा जनाएकी छन् ।

महासंघबाट गएको प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई, उर्जा समितिका सभापति गोपाल खनाल, उद्योग समितिका सभापति भरतराज आचार्य, उर्जा समितिका सहसभापति शैलेन्द्र गुरागाई, उद्योग समितिका सहसभापति सुुशिल थापा, महासंघका निमित्त महानिर्देशक गोकर्णराज अवस्थी सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *