सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

काठमाडौँ । दसैँ तिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ ।

संस्थानले अमरगढी नगरपालिका-५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो ।

निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दसैँ तिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो चामल ३० किलोग्रामको बोरा एक हजार ५१५ रुपैयाँमा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताए । सामान्यतया अरू समयमा संस्थानले यहि चामललाई एक हजार ६२५ मा बिक्री गर्दै आएको थियो ।

यस्तै मोटा चामल ३० किलोग्रामको बोरालाई एक हजार २१५ रुपैयाँ पर्ने उनले बताए । दैनिक चार/पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उनले बताए । संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ । ग्रेडिङ गरेको चामल हुने भएकाले चामलमा कनिका नहुने उनको भनाइ छ । एकपटक उपभोग गरेकाहरूले फेरि पनि संस्थानकै चामल खोज्ने थरेको उनले बताए ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =