सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ८९ हजारमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *