कतारमा खुल्दै गोल्डस्टारको सोरुम 

काठमाडौँ । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गोल्डस्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ ।

हाल कतार निवासी प्युठानका मधुसुधन केसीले कतारमा गोल्डस्टारको आउट लेट तयार गरेका छन् । आफ्नो भविष्य खोज्दै सन् २००७ मा कतारमा पुगेका प्युठानका केसीले आफ्नै व्यापार सुरु गरी व्यवसायीको रूपमा स्थापित हुन सफल भएका छन् ।

स्वदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनु पर्छ भन्ने उद्देश्यका साथ केसीले गोल्डस्टारको आउट लेट कतारमा पुर्‍याएको केसीले बताए । कतारमा प्रख्यात एसिया टाउनको प्लाजा मलमा गोल्डस्टारको सोरुम रहेको छ ।

सोरुममा मात्र नभई अनलाइनको माध्यमबाट पनि गोल्डस्टार फुटवेयरको बिक्री गरिने उनले बताए । त्यस्तै कतारको बजारलाई मात्र लक्षित गर्दै ई(कमर्स साइट पनि छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *