सरकारद्वारा सेबोन अध्यक्ष ढुंगानालाई हटाउने प्रकृया शुरू

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बाेर्ड (सेबाेन) का निलम्बित अध्यक्ष भिष्मराज ढुंगानालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले ढुंगानालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको मन्त्रीपरिषद स्रोतले जनाएको छ ।

‘अध्यक्ष ढुंगानालाई  जाँचबुझ समितिकाे सिफारिसबमाेजिम स्पष्टिकरण साेध्ने निर्णय भएको छ । उहाँले स्पष्टिकरण चित्तबुझ्दो नभए हटाउने प्रकृया अघि बढ्छ’ स्रोतले भन्यो  ।

अध्यक्ष ढुँगानाले पदमै बहाल रहेका बेला छोरीको नाममा स्वार्थ बाझिने गरि सेयर किनबेच गरेका थिए । यसबारे छानबीन गर्न गठित समितिले ढुंगानाले बद्मासी गरेको निष्कर्ष निकालेको थियो । त्यसैअनुसार सरकारले उनलाई स्पष्टिकरण सोधेर जवाफ माग्ने र चित्तबुझ्दो नभए कारबाही गर्ने प्रकृया शुरु गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *